सिप्रदी अटो पाट्र्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘टाटा जेन्युइन पाट्र्सको मेला’ नामक अफर सुरु गरेको छ।
ग्राहकले हरेक खरिदमा ग्यारेन्टीसहित १,००० रुपैयाँसम्मको क्यासब्याक कुपन पाउनेछन्। साथै, लक्की ड्र मार्फत बम्पर उपहारसहित विभिन्न पुरस्कार जित्ने मौका पनि रहनेछ।
पुरस्कारमा १ लाखभन्दा बढीको खरिदमा १५० सीसी बजाज पल्सर, ७५ हजारभन्दा बढीमा १२५ सीसी टीभीएस स्कुटर, २५ हजारभन्दा बढीमा स्मार्ट टिभी, र ५ हजारभन्दा बढीमा स्मार्टफोन राखिएको छ।
सिप्रदी अटो पाट्र्स नेपालमा टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स, र टाटा ड्युराफिट पाट्र्सको आधिकारिक वितरक हो।