Skip to content
नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले याडियाको नयाँ इलेक्ट्रिक स्कुटर ओविन नेपाली बजारमा सार्वजनिक गरेको छ।
यसको मूल्य २ लाख ३५ हजार तोकिए पनि दशैं अफरमा २ लाख १० हजारमै उपलब्ध हुने कम्पनीले जनाएको छ। अफर सीमित समयका लागि मात्र लागू हुनेछ।
रेट्रो–मोडर्न डिजाइनमा बनेको ओविनमा २८०० वाट मोटर र २.१६ किलोवाट आवरको ब्याट्री छ, जसले एकपटक फुलचार्जमा १०५ किलोमिटर रेन्ज दिन सक्छ।
यसमा क्रुज कन्ट्रोल, रिभर्स असिस्ट जस्ता आधुनिक सुविधा छन्। साथै, कम्पनीले ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ।
Post Views: 175