हिरो जुम १२५ डेलिभरी

नेपालमा हिरोका आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरु गरेको छ।

नाडा अटो शो २०२५ मा सार्वजनिक भएको यो स्कुटर बुकिङ गरेका ग्राहकलाई उपलब्ध गराउन कम्पनीले वितरण सुरु गरेको हो।

जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकिएको छ।

यो स्कुटरमा १२४.६ सीसी सिंगल सिलिण्डर, एयर कूल्ड इन्जिन रहेको छ, जसले ९.८ ब्रेकहर्स पावर र १०.४ एनएम टर्क दिने क्षमता राख्छ। ०–६० किमीको स्पीड यो स्कुटरले ७.६ सेकेण्डमै पुरा गर्छ।

स्कुटरमा सबै एलईडी लाइट, १४ इन्चको अलोय ह्वील, फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक, स्मार्ट कनेक्ट फिचर, डिजिटल स्पीडोमिटर, अगाडि टेलिस्कोपिक र पछाडि मोनोशक सस्पेन्सन जस्ता सुविधा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *