ग्यारो ईभी दशैँ अफर

दशैँ पर्वलाई लक्षित गर्दै नेपालमा ग्यारो ईभीका स्कुटर बिक्री गर्दै आएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले विशेष अफर ल्याएको छ।

यस अफरअनुसार, ग्राहकले हरेक ग्यारो स्कुटर खरिदमा १५ हजार रुपैयाँ नगद छुट पाउनेछन्।

साथै, कुनै पनि स्कुटर वा मोटरसाइकल एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ थप मूल्याङ्कन पाउनेछन् र स्कुटर खरिद गर्दा हेल्मेट निःशुल्क दिइनेछ।

कम्पनीले सरल फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ।

ग्यारोको इलेक्ट्रिक स्कुटरमा ३००० वाटको मोटर८५ वाट आवरको लिथियम आयन ब्याट्री रहेको छ, जसले एकपटक फुल चार्जमा २५० किमी यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

यो अफर देशभरका सबै शोरुममा सीमित अवधिसम्म मात्र उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *