नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डमा गए राति १०ः५५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो।

पहिरो पन्छाएर राति ११ः५५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।

आज बिहान ७ः१५ बजेदेखि भने सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

पहिरोसँगै खसेको ढुंगाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *