ध्वस्त भएको शोरुम थाल्यो पुनर्निर्माण

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अराजक समूहले थापाथली र नक्सालमा रहेका विभिन्न शोरुममा आगजनी र तोडफोड गरेका थिए।

थापाथलीमा जीएससी आयोन, एक्सपेङ, स्मार्ट, हुन्डाई, महिन्द्रा, टाटा र सुजुकीको शोरुममा करिब ३० वटा नयाँ कार जलेका छन्। केही नयाँ कारहरू चोरी समेत गरिएको थियो।

अराजक आन्दोलनकारीले चोरेका कारमध्ये दुई वटा टाटा कार पछि त्रिपुरेश्वर र धापासीमा फेला परेका थिए।

सबैभन्दा धेरै क्षति सीजी मोटर्सको शोरुममा भएको छ, जहाँ १४ नयाँ कार पूर्ण रूपमा जलेका छन् र केहीमा आंशिक क्षति पुगेको छ।

टाटा मोटर्सको सिप्रदी ट्रेडिङ शोरुममा चार विद्युतीय कार जलेका छन् र केही नयाँ कारमा आंशिक क्षति पुगेको छ। आन्दोलनकारीले दुईवटा कार चोरी पनि गरेका थिए।

महिन्द्राको शोरुममा पाँच कार आंशिक वा पूर्ण रूपमा जलेका छन् भने सुजुकीको शोरुममा दुई कार जलेका र अन्यमा आंशिक क्षति पुगेको छ।

हुन्डाई शोरुममा आगो नलागे पनि शिसा फुटाइएको र केही गाडीमा तोडफोड भएको छ।

अन्य शोरुममा सामान्य तोडफोड र क्षति पुगेको छ। सबै शोरुममा जलेका गाडी र तोडफोडको पुनर्निर्माण कार्य सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *