नाडाको वर्तमान अवस्थाबारे धारणा

२०८२ भाद्र २९ गते हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पुर्‍याएको छ।

नाडा अटोमोबाइल्स एशोसिएसनले यस घटनाबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गर्दै जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधार हो। तर हालका घटनाले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्।

कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षा सम्बन्धी चिन्ता बढेको र उपभोक्ता विश्वासमा नकारात्मक प्रभाव परेको नाडाको भनाइ छ।

नाडाले शान्तिपूर्ण संवाद र सहमतिबाट समस्याहरूको समाधान सम्भव भएको विश्वास व्यक्त गर्दै, सरकारलाई व्यवसायिक समुदायको सुरक्षा र उद्योगलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

साथै, नाडाले सदस्य कम्पनी, उपभोक्ताको विश्वास र सम्पूर्ण उद्योग सुरक्षित राख्न निरन्तर काम गर्ने प्रतिवद्धता जनाएको छ।

नेपालको पहिलो महिला प्रधानमन्त्रीको नियुक्ति र छिट्टै मन्त्रिपरिषद गठन तथा आगामी ६ महिनाभित्र आम निर्वाचन हुने सन्दर्भमा नाडाले नयाँ सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *