काठमाडौं उपत्यकामा आज बिहानदेखि निषेधाज्ञा लागू गरिएको छ।
भाद्र २७ गते बिहान ११ बजे देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ भने त्यसपछि बेलुकी ७ बजेदेखि भाद्र २८ गते बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ।
अत्यावश्यक कामका लागि नागरिकलाई केही समय छुट दिइएको छ। भाद्र २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म यात्रा गर्न सकिने व्यवस्था गरिएको छ।
यसबीच, लामो समयदेखि सरकार गठन नहुँदा असन्तुष्टि बढेको छ र छिट्टै स्थिर सरकार बनाउनुपर्ने माग चर्किँदै गएको छ।