Skip to content
काठमाडौंमा हालसालै बढ्दो तनाव र अशान्ति नियन्त्रण गर्न सरकारले कर्फ्यू थप गरेको छ।
नेपाली सेनाले दिएको जानकारीअनुसार भाद्र २७ गते बेलुकी ७ बजेदेखि भाद्र २८ गते बिहान ६ बजेसम्म कर्फ्यू लागू हुनेछ।
यद्यपि, नागरिकलाई सहजता दिनका लागि केही समय यातायात आवतजावत खुला रहनेछ।
भाद्र २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि यात्रा गर्न अनुमति दिइने उल्लेख गरिएको छ।
सुरक्षालाई ध्यानमा राख्दै कर्फ्यू पालना गर्न सेनाले सर्वसाधारणलाई आग्रह गरेको छ।
Post Views: 354