सुशिला प्रधानमन्त्री नियुक्ति सहमति

पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सबै राजनीतिक दलहरूले सहमति जनाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल, दलका नेताहरू र कानुनविद्हरूसँग गरिएको व्यापक छलफलपछि यो निर्णयमा पुगेको हो।

तर संसद् विघटन गर्ने विषयमा भने राजनीतिक दलहरू र राष्ट्रपति बीच सहमति हुन बाँकी छ।

जेनजी अभियानकर्ताहरूले संसद्लाई विघटन गर्ने माग गरिरहेका छन्, जबकि राष्ट्रपति पौडेलले त्यसले अस्थिरता बढाउन सक्ने भएकाले संविधानअनुसार छिटो चुनाव गर्न सकिने वातावरण तयार पार्नुपर्ने बताएका छन्।

यो विषयमा बिहानदेखि नयाँ छलफल भइरहेको छ, यसको अन्तिम निर्णय आजै गरिने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *