पाल्पाको रामपुरमा प्रधान कार्यालय रहेको रामसीता रामपुर यातायात प्रा. लि. ले काठमाडौँको गंगबुस्थित नयाँ बसपार्कमा आफ्नै छुट्टै टिकट काउन्टर खोलेको छ।
अध्यक्ष विष्णुबहादुर विकका अनुसार यहाँबाट बिहान ५:३० र ७ बजे छुट्ने हाइस र बेलुका ६ बजे छुट्ने एसी सोफा सिटसहितको रात्रि बसका लागि टिकट उपलब्ध हुनेछन्।
रामसीता रामपुरले दैनिक दुईवटा एसी हाइस दिवा सेवा सञ्चालन गर्दै आएको छ।
साथै, गत भदौ ६ गतेदेखि रात्रीकालिन एसी सोफा सिटसहितको बस सेवा पनि सुरु गरिएको छ।
सचिव प्रकाश ज्ञवालीका अनुसार प्रालीले रामपुरदेखि बुटवल, सुनौली, पोखरा, नारायणगढ र कावासोतीसम्म सेवा प्रदान गर्दै आएको छ।
वरिष्ठ उपाध्यक्ष शंकर खाँणले यस सेवा विस्तारले कालीगण्डकी बेसी क्षेत्रमा गुणस्तरीय यातायात सुविधा थपिएको बताएका छन्।
नयाँ काउन्टर र विस्तारित बस सेवाले यात्रुहरूलाई सहज, आरामदायी र भरपर्दो यातायात अनुभव प्रदान गर्ने विश्वास प्रकट गरिएको छ।