Skip to content
नाडा अटो शो २०२५ लाई अहिलेसम्मकै भव्य र उत्कृष्ट भएको दाबी गरिएको छ।
नाडाले आयोजना गरेको १७औं संस्करणमा दर्शकको उपस्थिति, व्यवस्थापन र नयाँ प्रविधिको कारण यो वर्षको शो विशेष बनेको हो।
भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकाे अटो शो स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार समापन गर्नुभयो।
६ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेका थिए।
उड्ने सवारी साधन, रोबोटिक म्यान र डगदेखि नयाँ ब्रान्डका विद्युतीय सवारी साधनसम्मका कारण यसपटक ठूलो भिड लागेको नाडा अध्यक्ष करण चौधरीले बताए।
महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो शोले अटोमोबाइल व्यवसाय मात्र नभई देशको अर्थतन्त्रलाई पनि गतिशील बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा चारपाङ्ग्रे तर्फ दिपल, एमएडब्लु अटो कर्प प्रालिले उत्कृष्ट स्टलको उपाधि जित्यो।
दुईपाङ्ग्रे तर्फ रोयल इनफिल्ड अल्फा अटोमोटिभ, लाइट कमर्सियल भेहिकलतर्फ डिएफएसेको (अद्धेत इभि) र सपोर्टिङ स्टलतर्फ हिट्को प्रा.लि. विजेता बने।
बैंक तथा इन्स्योरेन्समा ग्लोबल आईएमई बैंकले अवार्ड पायो।
समापन समारोहमा अध्यक्ष चौधरीले प्रदर्शनी सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
यसै अवसरमा नाडाले लायन्स क्लव अफ काठमाडौंसँग सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो।
Post Views: 177