एमजीको ‘पाथ्स अफ स्माइल’ अफर

एमजीले दशैं, तिहार र छठ लक्षित गर्दै ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ योजना सार्वजनिक गरेको छ।

नेपालमा एमजीका आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले ल्याएको यो अफर अन्तर्गत विद्युतीय गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट पाउने सुविधा रहेको छ।

यसैगरी, ग्राहकले निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर समेत पाउनेछन्। तर, यसमा केही शर्तहरू लागू हुने कम्पनीले जनाएको छ।

हाल नेपालमा एमजी फोर ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस फाइन ईभी, एमजी विन्डसर ईभी र एमजी आइएम सिक्स ईभी उपलब्ध छन्।

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीका अनुसार यो पर्व एमजी घर ल्याउन उत्तम अवसर हो। उनले अफरले ग्राहकको अनुभव अझ विशेष बनाउने विश्वास व्यक्त गरे।

यो योजना भदौ ६ देखि २०८२ कार्तिक १० सम्म लागू हुने र एमजीको नक्साल तथा थापाथली शोरूममा उपलब्ध हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *