अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा रूपान्तरण गर्ने तयारी भएको छ।
१७औं नाडा अटो शोको समापनको दिन आइतबार साँझ बसेको कार्यसमितिको २१औं बैठकले संस्थालाई ‘नाडा अटोमोबाइल्स महासंघ नेपाल’मा रूपान्तरण गर्ने प्रस्ताव गरेको हो।
यस प्रस्तावलाई औपचारिकता दिन भदौ २४ गते विशेष साधारणसभा आह्वान गरिएको छ। नाडाले यसलाई स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक कदमका रूपमा लिएको छ।