हुन्डाईको बम्पर पुरस्कार वितरण

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको बम्पर पुरस्कार प्रदान गरेको छ।

आइतबार ‘ल्याक्स पेरियन्स’ कार्यक्रममा विजेता कुवेरा कन्स्ट्रक्सन प्रा.लि.लाई नयाँ हुन्डाई भेन्यू १.२ गाडी हस्तान्तरण गरिएको हो।

दशैं–तिहारलाई लक्षित गरेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको यो योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड छुट, एक वर्षको सडक कर, बीमा तथा एक्स्चेन्ज बोनसजस्ता सुविधा पाएका थिए।

हुन्डाई नेपालले विजेतालाई बधाई दिँदै, योजनामा सहभागी सबै ग्राहकलाई आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *