नेपाली बजारमा लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’ र ‘नेपाल गोल्ड’का उत्पादक युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले काठमाडौंमा ‘युनाइटेड दोस्रो डिलर मिट २०२५’ सम्पन्न गरेको छ।
कार्यक्रममा देशभरका ४२ डिलरका सञ्चालक र प्रतिनिधिहरू सहभागी थिए।
कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने डिलर र कर्मचारीलाई सम्मानसमेत गरेको छ।
कार्यक्रममा गत वर्षको कार्यसम्पादनको समीक्षा गरिएको थियो र आगामी वर्षका नयाँ योजना र रणनीतिमाथि छलफल गरिएको थियो।
डेप्युटी जनरल म्यानेजर दिनेश खनालले कम्पनी र डिलरबीचको सम्बन्ध अझ मजबुत हुने बताए भने प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले भिडोल र नेपाल गोल्ड ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्न सफल भएको बताए।
उत्कृष्ट डिलरहरूलाई विदेश भ्रमण प्याकेजसहित सम्मान गरिएको थियो। भिडोल ब्रान्डमा घिमिरे सप्लायर्स (बिर्तामोड) पहिलो, शिखरलिंक ट्रेडिङ दोस्रो र सिर्जना अटो सर्भिस तेस्रो भए।
नेपाल गोल्ड ब्रान्डमा के.एन. ल्युब सप्लायर्स (इटहरी) पहिलो, दयाल मोटर्स दोस्रो र अशोक ट्रेड सेन्टर तेस्रो भए।
कम्पनीले उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरेको छ।
भिडोलतर्फ सुशील ताम्राकार र नेपाल गोल्डतर्फ शेख हुसेन उत्कृष्ट कर्मचारी घोषित भएका छन्।
कार्यक्रमले डिलर र कर्मचारीहरूको मनोबल बढाउने र कम्पनीको प्रगतिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।