नामी ०१ को पहिलो वर्ष

नेपालमा पहिलो पटक २२ अगस्ट २०२४ मा सार्वजनिक भएको विद्युतीय ह्याचब्याक नामी ०१ ले एक वर्षको सफल यात्रा पूरा गरेको छ।

छोटो समयमा नै यसले नेपालका लोकप्रिय र सफल ईभीमध्ये एकको स्थान बनाएको छ।

नामी ०१ ले फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, मेमोरी सिट, टेबलटपसहितको ड्रअर जस्ता प्रिमियम सुविधा ल्याएर ह्याचब्याकको नयाँ परिभाषा दिएको छ।

साथै १२.८ इन्च इन्फोटेन्मेन्ट सिस्टम र ड्राइभर असिस्टेन्स फिचरसहित यो आफ्नो मूल्य सेग्मेन्टमा उत्कृष्ट मानिएको छ।

ब्रान्डले काठमाडौंमा ग्राहक, अटो ब्लगर र सञ्चारकर्मीहरूको उपस्थितिमा केक काटी यो उपलब्धि मनाएको हो।

सो अवसरमा एमएडब्लू वृद्धिका सीईओ प्रशन्न पन्तले ग्राहकप्रतिको आभार व्यक्त गर्दै नेपालमा दिगो मोबिलिटी ल्याउने प्रतिबद्धता जनाए।

यसै अवसरमा नामीले आगामी नयाँ मोडेल ‘नामी भिगो’ को घोषणा पनि गरेको छ, जुन कम्प्याक्ट ईभी एसयूभी सेग्मेन्टमा ल्याइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *