Skip to content
धेरैले पर्खिएको विद्युतीय एसयूभी आईकार भी२३ काठमाडौं आइपुगेको छ।
तातोपानी नाकामा पहिरोका कारण नेपाल प्रवेशमा ढिलाइ भए पनि बाटो खुलेपछि भन्सार पास भएर शुक्रबार काठमाडौं ल्याइएको हो।
चीनको चेरी अटोमोबाइलको सबब्रान्ड आईकार अन्तर्गतको यो लाइफ स्टाइल अफरोड ईभी नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले भित्र्याएको हो।
कम्पनीले यसलाई गत साउन २६ गते सकिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमै सार्वजनिक गर्ने योजना बनाएको थियो, तर ढिलाइका कारण असफल भएको हो।
अब भने आगामी साता औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भएको छ।
यो मोडलमा ६० किलोवाट आवरको एलएफपी ब्याट्री र १ सय किलोवाटको मोटर रहेको छ।
एकपटक फुल चार्जमा करिब ४०० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।
लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ २७३५ एमएम भएको यस ईभीको ग्राउण्ड क्लियरेन्स २०५ एमएम भएकाले अफरोडका लागि पनि उपयुक्त मानिन्छ।
यसअघि नेपालमा आईकारकै जेइको जे सिक्स मोडल बिक्री भइरहेको थियो, जुन लोकप्रिय बन्दै आएको छ।
भी२३ पनि युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
Post Views: 294