नाडा अटो शोमा भीड

काठमाडौंको भृकुटीमण्डपमा भइरहेको १७औँ नाडा अटो शो २०२५ मा दर्शकहरूको उल्लेख्य आकर्षण देखिएको छ।

शनिबार मात्रै ४५ हजार ८८१ जनाले अवलोकन गरे भने पाँच दिनसम्ममा कुल १ लाख ४९ हजार ८८१ जनाले मेलामा सहभागिता जनाइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अटो शोमा पहिलो दिन १९ हजार ७०६, दोस्रो दिन २८ हजार ९७८, तेस्रो दिन २९ हजार ८२९ र चौथो दिन २५ हजार ८०८ जनाले अवलोकन गरेका थिए।

शोमा उड्ने कार, रोबोट, १२ भिन्टेज कार, १९ चारपांग्रे, १३ लाइट कमर्सियल, ५ दुइपांग्रे ब्रान्ड, साथै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स र वित्तीय संस्थाको स्टल राखिएको छ।

मेड इन नेपाल पभिलियन’ मार्फत स्वदेशी उत्पादन पनि प्रदर्शनीमा समावेश गरिएको छ।

यस अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भएका छन्, जसमा विद्युतीय गाडी विशेष आकर्षण बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *