Skip to content
नाडा अटो शो २०२५ को चौथो दिन फोटोनले आफ्नो नयाँ विद्युतीय पिकअप ‘ई-टुनल्यान्ड’ सार्वजनिक गरेको छ।
यसअघि पेट्रोल-डिजेल टुनल्यान्ड बिक्री गर्दै आएको एमएडब्लू वृद्धिले अब विद्युतीय भर्सन पनि ल्याएको हो।
ई-टुनल्यान्डमा ८८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ, जसको रेन्ज करिब ३५० किलोमिटर छ।
यसमा १३० किलोवाटको मोटर र ९०० किलोसम्म पेलोड क्षमता छ।
दुई पाङ्ग्रे ड्राइभ अप्सनमा नेपाल ल्याइएको यो पिकअप बजारमा रहेको रिडारासँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।
सबैभन्दा बलियो पक्ष भनेको ब्याट्रीमा दिइएको वारेन्टी हो।
कम्पनीले ब्याट्रीमा ८ वर्ष वा ४ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिने जनाएको छ।
यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर नाडा अफरमा ६८ लाख ९९ हजार रुपैयाँ मा उपलब्ध छ।
शुक्रबारदेखि नै ग्राहकले बुकिङ गर्न सक्नेछन्।
एमएडब्लूले हालसम्म देशभर १ सय २५ चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।
यसअघि नै विद्युतीय माइक्रोबस ल्याएर सफल भएको फोटोनले अब पिकअप सेग्मेन्टमा पनि ई–भर्सन प्रस्तुत गरेको हो।
Post Views: 119