Skip to content
गाडी बिग्रिँदा वा दुर्घटना हुँदा उद्धार गर्न “टोइङ नेपाल” निरन्तर सक्रिय रहँदै आएको छ।
बाँसबारीस्थित मुख्य कार्यालयसहित पाँच जिल्लामा सेवा विस्तार गरेको यस कम्पनीले बिग्रिएको गाडीलाई वर्कसपसम्म सुरक्षित लैजाने सुविधा दिँदै आएको छ।
काठमाडौं उपत्यकाभित्र सदस्यता लिएपछि एक वर्षसम्म निःशुल्क सेवा पाउने अफर पनि अटो शो २०२५ मा सार्वजनिक गरिएको छ।
हाल काठमाडौं, विराटनगर, चितवन, भैरहवा र पोखरामा शाखा रहेका कम्पनीले आगामी दिनमा देशभर विस्तार गर्ने योजना बनाएको छ।
टोइङ नेपालले तीन वर्षयता १,००० भन्दा बढी गाडीलाई सेवा दिइसकेको छ।
विशेषगरी ईभी गाडी बिग्रिँदा सजिलै उद्धार गर्ने प्रविधि यसको आकर्षण बनेको छ।
कर्मचारीहरू २४ घण्टा तयारी अवस्थामा रहने भएकाले आकस्मिक परिस्थितिमा तुरुन्त सहयोग पाउने सुविधा रहेको छ।
संस्थापक परिवारलेै व्यवस्थापन गरेको यस कम्पनीले उचित शुल्कमा सेवा दिँदै आएको छ।
बर्खाको समयमा डुबान वा दुर्घटनामा परेका गाडीहरूलाई उद्धार गर्ने कामले यसलाई अझ महत्वपूर्ण बनाएको छ।
नाडा अटो शोमा यसको स्टलले गाडी सम्बन्धी समस्या समाधानमा सहयोगी “साथी” को रूपमा विशेष स्थान पाएको छ।
Post Views: 139