नामी भिगो सार्वजनिक

नामीले नाडा अटो शो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी नामी भिगो प्रस्तुत गरेको छ।

नामी ०१ पछि आएको यो कम्प्याक्ट ईभीले प्रिमियम सुविधा, नवीनतम प्रविधि र किफायती मूल्यको संयोजनमार्फत नेपाली बजारमा नयाँ अध्याय सुरु गरेको छ।

भिगो दुई भेरियन्टमा — E2 र E2+ — उपलब्ध छ, जसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेट, म्युजिक–सिंक एम्बियन्ट लाइटिङ, वेलकम/मेमोरी सिट र बाहिरी स्पिकर जस्ता आकर्षक फिचर छन्।

यसले 3C फास्ट चार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०% देखि ८०% चार्ज हुन १८ मिनेट मात्र लाग्छ।

यसमा लेभल २ ADAS, वायरलेस चार्जिङ, वाई–फाई कनेक्टिभिटी, भ्वाइस कन्ट्रोल, हिटेड/भेन्टिलेटेड सिट, अटो हेडलाइट सिस्टम र इन्टेलिजेन्ट एसी मोडसमेत समावेश छन्।

स्टाइलिश डिजाइन, “म्याजिक क्युब” एक्सटेरियर, T–आकारका एलईडी हेडलाइट, डुअल–टोन १८ इन्च रिम्स, मिनिमलिस्ट इन्टेरियर, १२.८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, ३६०° क्यामेरा र मुनरुफ (E2+) यसको प्रमुख आकर्षण हुन्।

मूल्य:

  • नामी भिगो E2: रु. ३८,९९,००० (विशेष अफरमा रु. ३७,९९,०००)

  • नामी भिगो E2+: रु. ४१,९९,००० (विशेष अफरमा रु. ४०,९९,०००)

नामीले आगन्तुकहरूलाई नाडा अटो शोमा भिगोको प्रत्यक्ष अनुभव लिन र नेपालको ईभी यात्रामा सहभागी हुन निम्तो दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *