प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको ईभी यात्राप्रति संयुक्त प्रतिबद्धता जनाउँदै, मलेसियामा विकास भएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ नेपाली बजारमा प्रस्तुत गरेका छन्।
नोभेम्बर २०१८ मा सुरु भएको सहकार्यले प्रोटोनलाई विश्व बजारमा विस्तार गर्न मद्दत गरेको छ।
यससँगै नेपाल प्रोटोनको लागि एक रणनीतिक विकास बजारका रूपमा स्थापित भएको छ।
जगदम्बा मोटर्स नेपालका लागि प्रोटोनको आधिकारिक वितरक हो।
गीलीसँगको सहकार्यमा बनेको इमास ७ ले विश्वस्तरीय ईभी प्रविधि र डिजाइनलाई क्षेत्रीय आवश्यकता अनुसार अनुकूलन गरेको छ।
सियान क्षेत्रमा ईभी रूपान्तरणमा नेतृत्व गर्ने लक्ष्यका साथ, इमास ७ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रोटोनका सीईओ डा. ली चुनरोङ र प्रोटोन इन्टरनेशनलका सीईओ एडमन्ड लिम मेङ थोङ उपस्थित थिए।
डा. लीले भने, “जगदम्बा मोटर्ससँगको सहकार्य प्रोटोन–गीलीको बलियो सम्बन्धको प्रमाण हो।
मलेसियामा निर्मित पहिलो इलेक्ट्रिक गाडी नेपालमा ल्याउँदै, हामी नेपाली ग्राहकलाई गुणस्तरीय सेवा दिने दिगो यात्रामा छौं।”
त्यस्तै, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “यो सहकार्य केवल वितरण होइन, नेपाललाई दिगो यातायाततर्फ अघि बढाउने साझा दृष्टि हो।
इमास ७ र विस्तार हुँदै गरेको सेवा सञ्जालमार्फत हामी ईभीलाई अझ पहुँचयोग्य र भरपर्दो बनाउन प्रतिबद्ध छौं।”
जगदम्बा मोटर्सले २०२५ को अन्त्यसम्म १२ शोरूम र सर्भिस सेन्टर सञ्चालन गर्ने योजना जनाएको छ।
हालसम्म ३ शोरूम सञ्चालनमा आइसकेका छन्।
कम्पनीले असली पार्ट्स, प्रमाणित प्राविधिक, उन्नत उपकरण र प्रभावकारी बिक्रीपछिको सेवामार्फत ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
मलेसियामा भने इमास ७ ले जुलाई २०२५ सम्म नै नम्बर १ ईभी मोडेलको स्थान हासिल गरेको छ।
यो सी–सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको ईभी एसयूभी र समग्र बजारमै सबैभन्दा बढी बिक्री भएको इलेक्ट्रिक गाडी बनेको छ।