हाइड्रोजन बस सञ्चालन

नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम इन्धनको विकल्पको रूपमा हाइड्रोजन इन्धनमा आधारित बस सञ्चालन गर्ने तयारी गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टका अनुसार, यस वर्ष नीति तथा कार्यक्रमअनुसार दुईवटा हाइड्रोजन बस ल्याएर व्यवसायिक रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ।

यस पहलका लागि काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धनमा आधारित कारको सफल परीक्षण गरिसकेको छ र निगमले यसका लागि आर्थिक सहयोग पनि प्रदान गरेको छ।

साथै, निगमले हाइड्रोजन रिफिलिङ प्लान्ट स्थापना गरेको छ, जसबाट प्रस्तावित बसका लागि आवश्यक इन्धन आपूर्ति सुनिश्चित हुनेछ।

एनओसीको यो योजना पेट्रोलियम आयात घटाउने, प्रदूषण कम गर्ने र वातावरणीय दृष्टिले हरित ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्यले प्रेरित छ।

आगामी वर्षहरूमा यस प्रकारको बसको संख्यामा बृद्धि गर्दै, शहरभित्रका यातायात प्रणालीमा हरित र नविन ऊर्जा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *