यामाहा नेपालले यामाहाको ७० औं वार्षिकोत्सव मनाउँदै विशेष राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ।
इनोभेसन, स्टाइल र पर्फर्मेन्सको गौरव बोकेको यामाहाको यात्रालाई सम्मान गर्न, कम्पनीले देशभरका राइडरलाई असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूममा “साधारणदेखि लिजेन्डरी” अपग्रेड इभेन्टमा सहभागी हुन आह्वान गरेको छ।
उत्सवको अवसरमा ग्राहकहरूले निम्न लाभ प्राप्त गर्न सक्नेछन्:
नगद छुट रु. ७,०००/- सम्म
न्यूनतम रु. २५,०००/- को बाइक मूल्यांकन
रु. १०,०००/- सम्मको अतिरिक्त भ्यालुएसन बोनस
निश्चित मोडेलमा ०% ब्याजदरमा ईएमआई
७.९९% ब्याजदरमा सजिलो फाइनान्स योजना
२ वर्ष ट्याक्स–फ्री राइड–फ्री अफर
एमएडब्लू राइड्स का कार्यकारी निर्देशक दीपक कुमार अग्रवालका अनुसार, यो अभियान यामाहाको उत्कृष्टता, विश्वसनीयता र जापानी इन्जिनियरिङको उत्सव हो।
उनले यामाहालाई नेपाली ग्राहकले प्रदर्शन, भरोसा र प्रविधिको प्रतीकका रूपमा स्वीकार गरेको बताए।
यामाहा नेपालले स्कुटरदेखि एड्भेन्चर बाइकसम्मका उत्पादनहरूमा नवीन प्रविधि, उत्कृष्ट सेवा र सन्तोषजनक राइडिंग अनुभवमार्फत नेपाली दुई पाङ्ग्रे बजारमा अग्रणी स्थान कायम राख्दै आएको छ।