रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोले मानवीय जनजीवनसँगै मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा पनि गहिरो असर पु¥याएको छ।
बाढीले भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू बगाएको छ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल पीडितप्रति गहिरो समवेदना प्रकट गर्दछ।
घर, व्यवसाय र जीवन गुमाउनु परेको पीडा अवर्णनीय छ, र नाडा पीडितहरूको साहस, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता व्यक्त गर्दछ।
यस कठिन समयमा कुनै सहयोग आवश्यक भएमा जानकारी गराउन आग्रह गर्दै, नाडा सबैसँग सहकार्य र करुणाको साथ अगाडि बढ्न अनुरोध गर्दछ।