कान्ति लोकपथ चार दिन पूर्णरुपमा बन्द हुने

हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ।

कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *