Skip to content
जर्मन राष्ट्रिय ध्वजावाहक एयरलाइन्स लुफ्थान्सा तीन दशकपछि नेपालमा पुनः प्रवेश गर्न लागेको छ।
कम्पनीले नेपालमा अफलाइन टिकट बिक्रीका लागि सोसाइटी इन्टरनेसनललाई जिम्मा दिएको छ।
हाल लुफ्थान्साको आफ्नै विमान नेपालमा नआउने भए पनि यात्रुहरूको मागअनुसार एक वर्षभित्र जर्मनीमा सिधा उडान सञ्चालन गर्ने सम्भावनाको अध्ययन भइरहेको छ।
यसका लागि एयर इण्डिया र थाइ एयरवेजसँग कोड सेयरिङमार्फत सेवा प्रदान गर्ने योजना बनाइएको छ।
लुफ्थान्साका प्रतिनिधिहरू ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा सहभागी हुन भारतबाट काठमाडौं आएका छन्।
लुफ्थान्साले सन् १९८७ देखि १९९५ सम्म फ्राङ्कफर्ट-कराँची-काठमाडौं मार्गमा व्यावसायिक उडान सञ्चालन गरेको थियो।
Post Views: 253