नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द

नागढुङ्गा–नौबिसे सडक खण्डमा सुधार कार्यका लागि आगामी शनिबारदेखि बिहीबारसम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।

यस अवधिमा नागढुङ्गा चेकपोस्ट र खानीखोला बजारमा सवारीसाधनहरू रोकिनेछन्।

यद्यपि, दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनहरूलाई भने रोकावट नहुनेछ।

साना तथा मझौला सवारीसाधनहरूका लागि सीतापाईला–रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे–त्रिशुली (विदुर)–गल्छी मार्गहरू वैकल्पिक रूपमा प्रयोग गर्न सुझाव दिइएको छ।

सडक योजना कार्यालयले सवारीसाधनहरूलाई लेन अनुशासन पालना गर्न र ओभरटेक नगर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *