नाइमा एक्स्पोमा ५० ब्रान्ड

नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० वटा ब्रान्डहरूले सहभागिता जनाउने भएका छन्।

एक्स्पो साउन २१ देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ, जसको व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रा.लि.ले गर्नेछ।

सहभागी ब्रान्डहरूमा प्यासेन्जर गाडी, दुई पाङ्ग्रे गाडी, र लाइट कमर्सियल गाडीहरू समावेश छन्।

प्यासेन्जर गाडीमा BYD, Citroen, Hyundai, Kia, Mahindra, Nissan, Toyota, Volkswagen, MG, Mazda, Mitsubishi, Renault, Peugeot, Proton, Omoda & Jaecoo, Zeekr, Leapmotor, Kaiyi, Maxus, Forthing, Great Wall Motors, Henrey Volts, र LEV 1 रहेका छन्।

दुई पाङ्ग्रे गाडीमा Ampere, Ather, Bajaj, Benelli, CFMoto, Gogoro, Honda, KTM, Mahindra, NIU, Revolt, Royal Enfield, Segway-Ninebot, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, र Zeeho सहभागी छन्।

लाइट कमर्सियल गाडीमा Chery Wanda, Dongfeng, Farizon, Huazi, Kama, Karry, Kinglong, र Sunlong रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *