रिड्डारा RD6 EV पिकअपमा आकर्षक एक्सचेन्ज योजना

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन (EV) प्रवर्द्धन गर्ने उद्देश्यले “EVolve to RIDDARA Xchange” नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो कुनै पनि ब्राण्डको सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित रिड्डारा RD6 EV पिकअप केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्नेछन्।

गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धताले भरिपूर्ण रिड्डारा RD6 EV, दक्षता र व्यवहारिकताको आदर्श संयोजन मानिएको छ।

४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट-आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको कम्पनीको दाबी छ।

नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउने उद्देश्यले रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७ वटा ड्राइभिङ मोडहरू समावेश गरिएका छन्, जुन यस सेग्मेन्टमै पहिलो पटक हो। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै चालकलाई सहज र विश्वस्त अनुभव प्रदान गर्दछ।

यस एक्सचेन्ज योजनालाई थप आकर्षक बनाउन कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरिज, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट क्षमताको चार्जर, र एक वर्षको सडक कर समेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।

सले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्ने विश्वास कम्पनीको छ।

रिड्डाराले चीनमा नम्बर १ EV पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो।

यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमै विश्वास दिलाउने कम्पनीले जनाएको छ।

सिजी मोटर्सले यो पहलमार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई नयाँ उचाइमा पुर्‍याउँदै, आम नागरिकलाई वातावरणमैत्री, स्मार्ट र दीर्घकालीन समाधान अँगाल्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *