अत्यधिक वर्षासँगै आएको बाढीले धनकुटा नगरपालिका-९ मूलघाट नजिक आइतबार राति एउटा ट्र्याक्टर बगाएको छ ।
बिश्रान्ती खहरे खोला किनारमा रोकीराखिएको को २ त ३९४२ नम्बरको ट्र्याक्टर राति बाढीले बगाएको प्रहरी जनाएको छ ।
ट्र्याक्टर करिब ५० मिटर बगाएको छ ।
मूलघाट प्रहरी चौकीबाट खटिएको टोलीले जेसीबीको मद्दतले राति नै बाढीबाट झिकेर सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यसैगरी, धनकुटा-९ छिम्छुवास्थित मूलघाट-त्रिवेणी भित्री सडकखण्डमा वर्षासँगै आएको पहिरोका कारण ढुवानी तथा यातायातका साधन अवरुद्ध भएको छ । उक्त स्थानमा चार वटा टिपर पहिरोमा फसेको प्रहरीले जनाएको छ ।
सोमबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु गरिने प्रहरी प्रवक्ता खनालले बताए । उक्त सडकको अन्य २ स्थानमा समेत लेदो सहितको पहिरो खसेको उनले जनाए ।
Post Views: 204