हुन्डाई क्रेटा: ३५० युनिट वितरण

हुन्डाई क्रेटा: ३५० युनिट वितरण: नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले,  नयाँ क्रेटाको बिक्रीमा उल्लेखनिय वृद्धि हासिल गरेको जनाएको छ।

भन्सार विभागद्वारा प्रकाशित कार्त्तिक महिनासम्मको पछिल्लो डाटा अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट वितरण भइसकेको छ।

त्यसैगरी हुन्डाई नेपालका एक प्रतिनिधिको अनुसार ६०० युनिट नयाँ क्रेटाको बुकिङ पनि भइसकेको छ ।

कम्पनीका अनुसार बढ्दो मागलाई सम्बोधन गर्न अब नयाँ बुकिङहरूको लागि दुई महिना वेटिङ अवधि राखिएको छ।

यसका साथै कम्पनीले आगामी दिनहरूमा पनि गाडी वितरणको क्रममा सधैँ झैँ उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने जनाएको छ।

विद्युतीय गाडीहरूको बिक्री बढिरहेको समयमा पनि अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा, ग्राहकहरुको सर्वाधिक रोजाईमा पर्न सफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *