सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी इभी: नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए ।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ।
ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ ।
यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधिहरू समावेश गर्दछ ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोभिन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको कुरा साझा गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गरे ।
उनले विक्री मात्र होइन विक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ।
‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । उनले कार किन्नुअघि कारको ब्राण्ड र कार ल्याउने आयातकर्ता दुईवटा कुरामा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्युतिय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । कार्यक्रम पछि, प्रमुख अतिथी नेपालले नै ग्राहकहरूलाई नामी ईभीको सांचो हस्तान्तरण गर्नु भएको थियो ।