शारडा ग्रुपले खेलाडीलाई ओमोडा इफाइभ दिने

एसपिजि अटोमोबाइल्स(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ डिलक्सले पुरस्कृत गर्ने घोषणा गरेको छ ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह- प्रायोजक हो ।

ओमोडा इफाइभ आकर्षक डिजाइन र अत्याधुनिक विशेषताहरूसहित पूर्ण रूपमा विद्युतीय गाडी हो जुन उत्कृष्ट खेल-प्रदर्शनको लागि सम्मान तथा हौसलास्वरूप प्रदान गरिनेछ ।

ओमोडा एन्ड जेइको, नेपाल प्रिमियर लिग, र नेपाल क्रिकेट संघबीच मंसिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयु हस्ताक्षर कार्यक्रममा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो ।

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपिएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ ।

उपाधीका लागि देशभरका आठ-टोलीले प्रतिस्पर्धा गर्ने यो लिग निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ ।

क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्राइभन बाइ’ सह-प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा खेलाडी र खेलप्रशंसकसँगै नेपाली क्रिकेटको समर्थनमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछ ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् ।

शारडा ग्रुपको यो विशेष घोषणाले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्नेछ र नेपालमा खेलक्षेत्रको समग्र उचाई बढाउनमा योगदान पुर्‍याउनेछ ।

एसपिजि आटोमोबाइल्स प्रा.लि.को बारेमा

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो ।

थप जानकारीका लागि, एसपिजि अटोमोबाइल्सलाई सम्पर्क गर्नुहोस्, वा https://www.omodanepal.com भिजिट गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *