बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु

बसको ढोकाबाट खसेर आज दुईजनाको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–८, शेषमतीको लामबगरस्थित शान्तिटोल गेटनजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौं तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए। दुर्घटनापछि फरार रहेका बसचालकको प्रहरीले खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *