नेपाल टेलिकमका ग्राहकलाई रोबोटले जवाफ दिने: नेपाल टेलिकमले ग्राहक सेवामा सुधार ल्याउन रोबोट प्रविधि प्रयोग गर्न थालेको छ।
सुन्धारास्थित कार्यालयमा “एआई ज्याक” नामक रोबोट सेवा सुरू गरिएको हो।
दैनिक २०० देखि ३०० सेवाग्राही आउने कार्यालयमा जनशक्ति कम भएका कारण छिटो सेवा दिन गाह्रो थियो।
अब रोबोटले सामान्य सोधपुछदेखि ६०० भन्दा बढी प्रश्नको जवाफ दिनेछ।
रोबोटले एनटीसीका सेवासम्बन्धी जानकारी र कुन शाखामा जाने नक्शा पनि दिनेछ।
यसमा नेपाली र अङ्ग्रेजी दुबै भाषामा सेवा उपलब्ध हुनेछ, जसले विदेशीलाई पनि सुविधा पुर्याउनेछ।
Visit homepage : eautonepal.com