ट्रक खस्यो त्रिशूलीमा: पृथ्वीराजमार्गको धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, खयरघारीमा एक ट्रक त्रिशूली नदीमा खसेको छ।
नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५:५५ बजे नदीमा खसेको हो।
दुर्घटनामा ट्रक चालक आशिष महतो, सहचालक राजु थापामगर र ट्रक मालिक सुरेश गुरुङलाई प्रहरीले जीवितै उद्धार गरेको छ।
प्रहरीका अनुसार, ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको थियो र तीनै जनाको अवस्था सामान्य छ।
Visit homepage : eautonepal.com