सिटी सेन्टर फेस्टिवलमा थापाले स्कुटर जिते

सिटी सेन्टर फेस्टिवलमा थापाले स्कुटर जिते: सिटी सेन्टरले दसैँ र तिहारको अवसरमा “फेस्टिव सेलिब्रेसन-२०२४” कार्यक्रमको आयोजना गरी विजेताहरूलाई विभिन्न उपहार वितरण गरेको छ।

१३ असोजदेखि ३० कात्तिकसम्म चलेको यो कार्यक्रमको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जिते।

उनले सिटी सेन्टरमा शपिङ गरेर हिरो ब्रान्डको जुम स्कुटर जिते।

थापालाई स्कुटरको चाबी सिजी मोटर्सका सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख आदित्य कुमारले हस्तान्तरण गरे।

त्यसैगरी, अन्य विजेताहरूलाई गोलाप्रथाद्वारा टेक्नो स्मार्ट फोन, घडी, एयर बड्स, घरायसी उपकरण, साइकल र लगेजजस्ता विभिन्न उपहार दिइएको छ।

सिटी सेन्टरका सबै पसलमा १,००० रुपैयाँ वा त्यसको बढीको शपिङ गरेका ग्राहकहरूलाई यस सेलिब्रेसनमा भाग लिन पाइन्थ्यो। गोलाप्रथामा विजेता चयन गरिएको थियो।

सिजी मोटर्सका ओझाले भने, सिटी सेन्टरसँगको सहकार्य फलदायी भएको बताए, र सिटी सेन्टरका प्रमुख कार्यकारी आदित्यले यस कार्यक्रममार्फत उपभोक्तालाई सस्तो मूल्यमा सबै सेवा र सामान उपलब्ध गराउन चाहेको बताए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *