धादिङमा ट्रक र स्कुटर दुर्घटना: धादिङको नीलकण्ठ नगरपालिका–८, अमेरुवामा सौराज ट्रक र स्कुटर जुद्धिंदा तीनजना घाइते भएका छन्।
धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर आपसमा ठोक्किएर तीनजना घाइते भएका हुन्।
घाइते हुनेमा नीलकण्ठ नगरपालिका–९ की २२ वर्षीया गायत्री लम्सालको अवस्था गम्भीर छ, भने ३४ वर्षका हरि खनाल र चितवनका कृष्ण प्रजा केहि सामान्य चोटहरूसहित घाइते भएका छन्।
धादिङ अस्पतालमा उपचारपछि गायत्री लम्साल र हरि खनाललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार, स्कुटरलाई बचाउन खोज्दा ट्रक पल्टिएको हुन सक्छ।
ट्रक चालक चन्द्रमान शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ, र घटनाको अनुसन्धान भइरहेको छ।
Visit homepage : eautonepal.com