पोलमुक्त सडक: नेपाल विद्युत् प्राधिकरणले भूमिगत तारमार्फत विद्युत् वितरण गर्न थालेपछि न्युरोड आकर्षक देखिन थालेको छ।
प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोसका अनुसार, उपत्यकाका धेरै स्थानमा तार भूमिगत गर्ने काम पूरा भएको छ र पोल तथा तार हटाउने काम न्युरोडबाट सुरु गरिएको हो।
अब बाँकी स्थानहरूमा पनि क्रमशः पोल र तार हटाइनेछ। उपत्यकाबाहिर पोखरा र भरतपुर जस्ता स्थानहरूमा पनि भूमिगत तारको काम अधिकांश सकेको छ।
विद्युत् पोलको प्रयोग गरिरहेका टेलिकम र इन्टरनेट कम्पनीहरूले पनि आफ्ना तार भूमिगत गर्नुपर्नेछ।
सरकारको भूमिगत तार बिछ्याउने योजना २०७६ सालको फागुनमा सुरु भएको भए पनि, ६ वर्षमा पनि यो कामको केवल ७५ प्रतिशत मात्र सम्पन्न भएको छ।
Visit homepage : eautonepal.com
Post Views: 185