डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दियो

डोटीमा जीपले मोटरसाइकललाई ठक्कर दियो: डोटीमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

शनिवार बेलुकी ६ बजेतिर भिमदत्त राजमार्गको शिखर नगरपालिका वडा नम्बर ८ खुनको मोडमा डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको सेतो बोलेरो जीपले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ। साउदलाई उपचारको लागि अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका छन्।

ठक्करबाट मोटरसाइकल चालक २७ वर्षीय प्रकेश बिक गम्भीर घाइते भएका छन्। उनीलाई थप उपचारको लागि धनगढी पठाइएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *