यामाहाको ब्लू स्क्वायर सोरुम भरतपुरमा

भरतपुर/यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कर्माचार्य इन्टरप्राइजेजले भरतपुर–९, मिलनचोकबाट ब्लू स्क्वायर सोरुमको शुभारम्भ गरेको छ ।

कर्माचार्य इन्टरप्राइजेजकी संरक्षक मुनादेवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु बाबु अग्रवाल प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि अग्रवालले यामाहा र कर्माचार्य इन्टरप्राइजेजको सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो ।

हाम्रो यस बर्षौदेखिको सहकार्यलाई अझै उचाईमा पु¥याउँदै ग्राहकहरुको मन, मस्तिष्कमा यामाहाका उत्पादनहरुलाई परिचित गराउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि अग्रवालले यामाहा मोटरसाइकल नेपाली बजारमा रुचाईनुका कारण र यसका महत्वपूर्ण विशेषताहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका सभापति एवम् प्रमुख अतिथि एवम् विशिष्ट अतिथिहरुले शोरुमको उद्घाटन सँगै शोरुपमा रहेका विभिन्न डिपार्टहरुको अवलोकन समेत गरेका थिए ।

कर्माचार्य इन्टरप्राइजेजकी सञ्चालिका सुनिता लिगल कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

दिनेश श्रेष्ठ (पासा) ले सञ्चालन गर्नुभएको समुद्घाटन कार्यक्रमलाई कर्माचार्य इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *