पोखरामा मोटरसाइकल दुर्घटनामा दुवैको मृत्यु

काठमाडौंबाट शुक्रबार पोखरा घुम्न आएका दुई युवकको पोखरामा मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको छ ।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा. प्र. ०२–०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कैलाली जिल्लाको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन् ।

शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका- ७ बुलौंदीमा शनिबार बिहान ३ः४५ बजे दुर्घटना भएको हो ।

मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *