‘होन्डा अल्फा’को एक्सटेरियर र इन्टेरियर डिजाइन स्केच सार्वजनिक

होन्डाले आफ्नो पहिलो मेड इन इन्डिया इलेक्ट्रिक एसयूभी ‘होन्डा अल्फा’को एक्सटेरियर र इन्टेरियर डिजाइन स्केच सार्वजनिक गरेको छ। कम्पनीले आगामी डिसेम्बर २ मा भारतमा यसको ग्लोबल प्रिमियर गर्ने तयारी सुरु गरेको छ।

होन्डा कार्स इन्डिया लिमिटेडले नोभेम्बर २५ मा सार्वजनिक गरेको स्केचले अल्फाको बाहिरी बनावट र भित्री सजावटको प्रारम्भिक झलक दिएको छ। जापानस्थित होन्डा डिजाइन सेन्टरमा डिजाइन गरिएको यो एसयूभीलाई आधुनिक, आकर्षक र परिष्कृत स्वरूपमा तयार पारिएको कम्पनीले जनाएको छ।

सार्वजनिक स्केचअनुसार होन्डा अल्फाको एक्सटेरियरमा आकर्षक एसयूभी सिल्हुट, आकर्षक शैलीको बडी डिजाइन र बलियो तथा आत्मविश्वासी उपस्थिति देख्न सकिन्छ। यसको डिजाइनमा आधुनिकता, सौन्दर्य र मजबुतीलाई एकैसाथ समेट्ने प्रयास गरिएको छ।

त्यस्तै, इन्टेरियरमा फराकिलो र आधुनिक क्याबिनलाई प्राथमिकता दिइएको छ। आरामदायी यात्रा, स्मार्ट टेक्नोलोजी र दैनिक प्रयोगको सहजतालाई ध्यानमा राखेर यसको केबिन डिजाइन गरिएको कम्पनीको भनाइ छ। सफा लेआउट र खुला अनुभूति दिने इन्टेरियरले यात्रालाई थप सहज र आरामदायी बनाउने अपेक्षा गरिएको छ।

होन्डा अल्फा कम्पनीको विद्युतीय सवारीसाधन उत्पादन विस्तार यात्राको महत्वपूर्ण मोडल हुने बताइएको छ। भारतमै उत्पादन हुने यो होन्डाको पहिलो इलेक्ट्रिक एसयूभी हो। यसको प्राविधिक विवरण, ब्याट्री क्षमता, मोटर पावर, रेन्ज तथा अन्य फिचर भने डिसेम्बर २ मा हुने ग्लोबल प्रिमियरका क्रममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *