बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि आन्तरिक राजस्व कार्यालय टंगालको कार्यक्षेत्रभित्र देस्रो सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहका अवसरमा आन्तरिक राजस्व कार्यालय टंगालद्वारा आयोजित एक विशेष समारोहबीच कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो सर्वाधिक आयकर तिरेर राज्यको राजस्व संकलन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याए बापत कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
राज्यको कर नीति तथा कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ ।
यस सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी भई व्यावसाय विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनी भनाई छ ।