ईभी चढ्नेलाई ‘ जेडएफ’ले ल्यायोखुसी बनाउने खबर

विद्युतीय गाडी (ईभी) चढ्नेहरूको लागि जर्मन कम्पनी ‘जेडएफ’ले खुसीको खबर ल्याएको छ । कम्पनीले विद्युतीय कारको मोटर बिग्रदा पुरै फेर्नु नपर्नेगरी ‘रिपेयर किट’ सार्वजनिक गरेको हो ।

विद्युतीय गाडीको लागि पावरट्रेन उत्पादन गर्दै आएको जेडएफले मोटर भित्र रहेका बियरिङजस्ता सामान्य पार्ट बिग्रिँदा मर्मत गर्न मिल्ने रिपेयर किट ल्याएको छ । जसको प्रयोगले ठूलो आर्थिक बचत हुने कम्पनीले जनाएको छ ।

जर्मन अटो पाट्र्स निर्माता जेडएफले ईभीसँगै हाइब्रिड कारमा प्रयोग हुने मोटरको लागि पनि रिपेयर किट ल्याउने जनाएको छ । कम्पनीका अनुसार अहिले १०० भन्दा बढी प्रकारका इलेक्ट्रीक एक्सल रिपेयर किट बजारमा आउने छ । कम्पनीले यसलाई आफ्नो ‘मेन्टेन–रिपेयर–रिप्लेस’ रणनीतिको हिस्सा बनाएको छ ।

कम्पनीको उद्देश्य सम्भव भएसम्म बिग्रिएको पार्ट मात्र मर्मत वा प्रतिस्थापन गर्ने र आवश्यक परेको अवस्थामा मात्रै पूरै एसेम्ब्ली फेर्ने रहेको देखिन्छ । जेडएफले अहिलेसम्म कार निर्माताहरूको लागि ६० लाखभन्दा बढी इलेक्ट्रीक मोटर उत्पादन गरिसकेको छ । ती मोटर पूर्ण विद्युतीय तथा हाइब्रिड दुवै प्रकारका सवारीमा प्रयोग हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *