प्रभु बैंकका कर्मचारी र कार्डबाहकलाई सुजुकी गाडी किन्दा १.७५ लाखसम्म छुट

काठमाडौं । प्रभु बैंकसँग आबद्ध कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले अब मारुती सुजुकीका गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंक र मारुती सुजुकीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि. बीच छुट तथा सेवा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्ने योग्य ग्राहकले मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतालाई औपचारिकता दिन न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका तर्फबाट  Central Business Centre का प्रमुख लेख बहादुर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सहकार्य ७ सेप्टेम्बर २०२६ देखि ६ सेप्टेम्बर २०२७ सम्म लागू हुनेछ ।

यसैबीच, प्रभु बैंकले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको जनाएको छ । बैंकका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । यी माध्यमबाट बैंकले करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित आफ्नो सेवा विस्तार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *