चाङ्गान नेभो Q05 आगामी साता चितवनमा सार्वजनिक हुँदै

चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा. लि. ले नयाँ NEVO Q05 लाई आगामी साता चितवनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म Deepal Chitwan Showroom मा NEVO Q05 को विशेष टेस्ट ड्राइभमार्फत गाडीलाई प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएकोे छ । Q05 शहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको प्रिमियम इलेक्ट्रिक एसयूभीले गुणस्तरीय जीवनशैली र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने कम्पनीले जनाएकोे छ । कम्पनीले NEVO Q05 Ultra को विशेष मूल्य रु. ५१.९९ लाख निर्धारण गरेको छ ।

यस सवारीमा Q05 मा CATL Golden Shield 2.0 ब्याट्री प्याक रहेको छ, जसले ३०% देखि ८०% सम्म चार्ज हुन केवल १५ मिनेट समय लिने कम्पनीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ। यसमा १२० किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरीएको छ । जसबाट सञ्चालित NEVO Q05 ले NEDC परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।  यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh मात्र रहेको कम्पनीले जनाएकोे छ ।

चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (New Energy Vehicle) पोर्टफोलियोअन्तर्गत, नेपालमा Deepal ले स्टाइलिस तथा अत्याधुनिक प्रविधियुक्त प्रिमियम EV को प्रतिनिधित्व गर्दै आएको छ। यसै पोर्टफोलियोलाई थप विस्तार गर्दै NEVO Q05 ले नेपालमा विद्युतीय SUV अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य कम्पनीको छ । आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि चीनको नम्बर १ SUV का रूपमा स्थापित Q05 ले कम्फर्ट, डिजाइन र प्रविधिमा ‘A Class Above’ अनुभव प्रदान गर्ने लक्ष्यसहित अत्याधुनिक EV प्रविधि, आकर्षक डिजाइन तथा स्मार्ट मोबिलिटीलाई एकैसाथ प्रस्तुत गरेको कम्पनीले उल्लेख गरेको छ ।

नयाँ NEVO Q05 ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्ने कम्पनीले जनाएकोे छ । यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरूका लागि पछाडिका सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुन्छ । त्यसैगरी यसमा प्रयोग गरिएको ५४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्छ।

Q05 को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको हो। यस डिजाइन टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व Volkswagen Group डिजाइन प्रमुख Klaus Zycioraले गरेका छन्।

नयाँ Q05 मा सफा तथा एरोडाइनामिक प्रोफाइल, विशिष्ट लाइटिङ सिग्नेचर र फराकिलो तथा आत्मविश्वासी रोड प्रेजेन्स देख्न सकिन्छ। यसको डिजाइनले अन्तर्राष्ट्रिय स्तरमा समेत Golden A’ Design Award प्राप्त गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।

NEVO Q05 मा ५१.९ kWh CATL Lithium-Iron-Phosphate (LFP) ब्याट्री जडान गरिएको छ, जसलाई चाङ्गानको Golden Shield 2.0 ब्याट्री सिस्टम टेक्नोलोजीसँग एकीकृत गरिएको छ। यसले 3C फास्ट चार्जिङ सपोर्ट गर्छ र अधिकतम १६२ kW DC चार्जिङ क्षमता प्रदान गर्न सक्ने कम्पनीको दाबी छ ।

NEVO Q05 ले अन्तर्राष्ट्रिय बजारमा समेत बलियो सफलता हासिल गरिरहेको छ। चाङ्गान नेभोका अनुसार अगस्ट २०२६ को अन्त्यसम्म Q05 को कुल बिक्री १,२५,००० युनिटभन्दा बढी पुगेको छ। साथै, यसले चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रणी स्थान हासिल गरेको छ।

फराकिलो केबिन, अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनसहित NEVO Q05 नेपालमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने तयारीमा छ—एक यस्तो अनुभव, जुन वास्तवमै A Class Above’ छ।

चाङ्गान नेपालबारे जानकारी :

Changan Automobile चीनका सबैभन्दा ठूला तथा लामो औद्योगिक इतिहास बोकेका अटोमोबाइल निर्मातामध्ये एक हो र चीनका Giant Four’ प्रमुख अटोमोबाइल समूहमध्ये एक हो। China South Industries Group Corporation अन्तर्गतको राज्य स्वामित्वको अटोमोबाइल उद्यमका रूपमा चाङ्गानसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत तथा दशकौँ लामो अटोमोबाइल विशेषज्ञता रहेको छ। १०० भन्दा बढी देशमा उपस्थिति तथा १८,००० भन्दा बढी इन्जिनियरहरूको विश्वव्यापी टोलीसहित चाङ्गानले इन्टेलिजेन्ट, नयाँ ऊर्जा तथा नेक्स्ट–जेनेरेशन मोबिलिटीको क्षेत्रमा अग्रणी पहिचान बनाएको छ।

MAW Vriddhi Autocorp Pvt. Ltd. बारे जानकारी :

MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा Changan Automobile तथा यसका सब-ब्रान्डहरू Deepal, NEVO र AVATRको आधिकारिक डिलर हो। कम्पनीले नेपाली बजारमा अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा नेक्स्ट–जेनेरेशन मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ।

राजहंस अटोमोबाइल प्रा.लि. — चितवनको आधिकारिक Deepal शोरुमबारे जानकारी :

राजहंस अटोमोबाइल प्रा.लि. सन् २०८१ मा अध्यक्ष श्री दिलीप थनेतको नेतृत्वमा स्थापना भएको हो। भरतपुर–१०, चितवनमा अवस्थित कम्पनीले अत्याधुनिक शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *