एनआईसी एसियाको नयाँ अटो लोन योजना, ५.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्म स्थिर

काठमाडौं– सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै एनआईसी एसिया बैंकले नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ। ‘सपनाको गाडी अब तपाईंकै अगाडि’ भन्ने ट्यागलाइनसहित ल्याइएको योजनामा बैंकले ५.९९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार उक्त ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ। यसले कर्जा अवधिभर ब्याजदरमा हुने सम्भावित परिवर्तनको जोखिमबाट ग्राहकलाई जोगाउने बैंकको दाबी छ।

नयाँ योजनाअन्तर्गत निजी तथा व्यावसायिक प्रयोजनका लागि सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कर्जा लिन सक्नेछन्। त्यस्तै, विद्युतीय सवारीसाधन खरिदका लागि समेत यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकले अटो लोनको प्रक्रिया सहज र छिटो बनाउने जनाएको छ। ग्राहकलाई झन्झटरहित रूपमा कर्जा स्वीकृत गर्ने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

हाल बैंक तथा वित्तीय संस्थाबीच अटो लोनमा प्रतिस्पर्धा बढिरहेका बेला एनआईसी एसियाको ५.९९ प्रतिशतको स्थिर ब्याजदर योजनाले सवारी खरिदकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेषगरी लामो अवधिसम्म ब्याजदर स्थिर रहने भएकाले मासिक किस्ता तथा कर्जाको वित्तीय योजना बनाउन ग्राहकलाई सहज हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *